ट्रक चालकको बयान : स्कुटर मेरो अगाडि आएकै देखिनँ, नियतबस घिसारेको पनि होइन

२०८१ श्रावण ३२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला बा३९प ८९४४ नम्बरको स्कुटरमा गठ्ठाघरतर्फ जाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा कोइरालाको दुर्घटनास्थलमै ज्यान गएको हो । ट्रकको अगाडिको टायरले ठक्कर दिएका कोइराला ट्रकभित्र छिरेका थिए ।

ट्रकले केही मिनेटको दुरीमा घिसार्दा पछाडिको टायरसम्मै पुगेका थिए । उनको एउटा खुट्टाबाहेक अन्य पूरै भाग किचिएको थियो । ट्राफिक प्रहरीको चेकिङका क्रममा कोइराला दुर्घटनामा परेको भन्दै स्थानीयले सडक नै अवरुद्ध गरेका थिए ।

बिहीबार दुर्घटनापछि गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको थियो । भक्तपुर प्रहरीले तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बल र काठमाडौं प्रहरीलाई समेत परिचान गरिएको थियो ।

प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । दुर्घटना लगत्तै ट्रकका चालक भने फरार थिए । भक्तपुर प्रहरीले चालकलाई भने बिहीबार साँझ नै पक्राउ गर्न सफल भएको छ ।

चालक सर्लाहीका सतीन्द्र श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय