यमकला अधिकारी
स्याङ्जा,२ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकामा इतिहासकै पहिलो गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिबार दुईवटा खेल सम्पन्न भएको छ।
पहिलो खेलमा “गल्याङ युनाइटेड भर्सेस “कालिगण्डकी वारियर्स” बीच भएको थियो यस खेलमा गल्याङ युनाइटेडको विजय भएको छ। पहिले खेलमा प्लेयर अफ द सिरिज प्रविन पाण्डे बनेका छन्।
यसैगरी दोस्रो खेल “राइजिङ् स्टार्स गल्याङ भर्सेस “गल्याङ इगल्स ” बीच भएको थियो। यो खेलमा राइजिङ स्टार्सको समूहले विजय हासिल गरेको छ। यस दोस्रो खेलमा प्लेयर अफ द सिरिज सुजन गौतम बनेका छन्। राइजिङ स्टार्स गल्याङले गल्याङ इगल्सलाई २७५ को टार्गेट दिएको थियो।