कालीगण्डकी माथिको पुल जिर्ण,जोखिम मोल्दै विद्यार्थी

२०८१ भाद्र ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुष्मा अर्याल

स्याङ्जा,३ भदौ । माझी बस्तीका १७ घर परिवारका १९ विद्यार्थीले दैनिक रुपमा प्रयोग गर्ने कालीगण्डकी नदि माथीको पुलको लड्ठा चुडिदा विद्यार्थीले दैनिक जोखिम मोल्नु परेको छ ।

स्याङ्जाको गल्याङ नगरपालीका ९ बेल्चौर साखरमा अवस्थित स्याङ्जा र पाल्पा जिल्ला जोडने झलुङ्गे पूल पूर्ण रुपमा जोखीममा रहेको छ । गत साता आएको अविरल वर्षाका कारण कालीगण्डकी नदी उर्लेर आउँदा उक्त पुलको लठ्ठा चुडीएको थियो ।

स्याङ्जाको गल्याङ नगरपालिका ९ मा रहेको माझी बस्तीका बासिन्दाले यहीँ पुल मार्फत आफ्नो गुजारा समेत चलाउदै आएका छन् । स्याङ्जा जिल्लाको बजार,बिधालय भौगोलिक हिसाबले टाढा भएपछि यहाँका बासिन्दा सबै कुरामा पाल्पामा निर्भर हुँदै आएका छन् । दैनिक गुजारा चलाउन प्रयोग हुँदै आएको पुल जिर्ण भएपछि यहाँका नागरिक जोखिम मोलेर पुलमा यात्रा गर्न बाध्य भएका छन् ।

स्याङ्जा देखी पाल्पा कालीगण्डकी करिडोर सम्म जोड्ने त्यस क्षेत्रको झलुङ्गे पुल पूर्ण रुपमा जोखीममा रहेतापनी त्यस पुललाई सम्बन्धित निकायले अहिलेसम्म ध्यान नदिदा जोखिम झन बढेको छ । पुल नजिक रहेका स्थानीयलाई मात्र नभएर हरेक कामले स्याङ्जा पाल्पा ओहोर दोहोर गर्ने हरेक नागरिकलाई बाधा पुगेको छ। पुलको लठ्ठा चुडिएकाे कारणले पुल एकातर्फवाट पूर्ण रुपमा ढल्किएको छ । पुल नजिकै रहेको माझी बस्तीका मानिस नुन तेल देखी लिएर हरेक सामाग्री किन्नका लागि पुल तरेर पारी जानु पर्ने हुदाँ उनीहरुलाई निकै असहज भएको पाइन्छ। करीब १७ घरपरीवार वस्दै आएको उक्त माझी गाउँमा १९ जना वि‌द्यालय पढ्ने बालबालीका अध्ययन गर्नका लागी नजिकैको छिमेकी जिल्ला पाल्पा जान त्यही जोखिमयुक्त पुलबाट ओहोर दोहोर गर्न निकै अफ्ट्यारो भएको स्थानीय स्यामबहादुर माझीले हेर्नेकुरा डटकमलाई जानकारी दिनुभयो ।

उक्त पुल श्री गिता कन्ट्रक्सनले वि।सं २०६१ सालमा निर्माण गरेको हो भने स्विस विकास एवं सहयोग संस्था हेलभेटाज नेपाल् स्विस अन्तर्राष्ट्रिय सहयोग बाट सस्पेन्सन ब्रीज डिभिजन जिल्ला विकास समिति पाल्पाले पुल निर्माण सम्पन्न गरेको हो । उक्त पुल करीव २० वर्षको अवधीमा आउदा पूर्ण रूपले जोखीममा रहेको छ । स्याङ्जा पाल्पा ओहोर दोहोर गर्नका लागी स्थानीय बासीन्दा लगायत लाई पनि त्यहीं जोखीम युक्त पुल तनुपर्ने वाध्यता रहेको छ । यस पुलको अवस्था देख्दा ठुलो दुर्घटना हुन सक्ने अनुमान गर्न सकिन्छ त्यसैले पुलको विकास व्यवस्थापनका लागी सम्बन्धित निकायले समयमै ध्यान दिनु पर्ने अती आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय