अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

२०८१ भाद्र ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्घाखाँची, ४ भदौ । अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए ।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय