हुम्लाको चङ्खेलीमा जिप दुर्घटना हुँदा ५ जना घाइते

२०८१ भाद्र ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हुम्ला,५ भदौ । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ जाने क्रममा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो

जिपमा चालकसहित सातजना सवार भएकोमा पाँच जना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् ।

बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको हो ।

जिप सडकबाट १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय