काठमाडौं ,६ भदौ । मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।
बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयाे । उहाँका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।