मस्याङ्दी नदीमा बस खस्यो

२०८१ भाद्र ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ भदौ । तनहुँको आबुखैरेनी स्थित मस्याङ्दी नदीमा बस खसेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले  बताउनुभयाे।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भन्नुभयाे, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताउनुभयाे ।  बसमा ४० जना जति यात्रु रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय