नागरिकको गुुनासो समाधानका लागी गाउँ गाउँमा सिडियो

२०८१ भाद्र ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा,८ भदाै । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय स्याङजाले नागिरककले भोग्दै आएका समस्या समधानका लागी गाउँ गाउँमा जान थालेको छ । बिहिबार चापाकोट नगरपालिकाको सिटी हलमा जिल्ला प्रशासनले सार्वजानीक सुनुवाई कार्यक्रम गरेकाे हाे ।

११ स्थानीय तह रहेको स्याङजामा दोस्रो प्रमुख जिल्ला अधिकारी महिला पाएको स्याङजाले दुर दराजमा रहेका नागरिक जनचेतनाको अभावमा सदरमुकाम सम्म आउनुपर्ने बाध्यताको समाधानका लागी कामको थालनी गरेको सुनिता नेपालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो जिल्लामा धेरै बिकट क्षेत्र छन सहजै यातायातको साधन पाईदैन नागरिता राहदानी थर परिवर्तन जस्ता कुरामा नागरिकले अनावस्यक दुख पाएको मध्यनजर गदै प्रशाशनले गुनासा समाधानका लागी गाउमै जाने गरेकाे बताउनुभयो ।

जिल्लाको चापाकोट नगरपालिकाको सिटी हलमा गुनासो समाधानका लागी जिल्ला प्रशासनले सार्वजानीक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ उक्त सावजानिक सुनुवाई कार्यक्रममा नागरिकले दोहोरो नागरिकता,थर परिर्वन,बिवाह दर्ता तथा राष्ट्रीय परिचय पत्र सम्बन्धमा जिज्ञासा सोधेका थिए । उक्त जिज्ञासा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ,जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख शालिकराम शर्मा,इलाका प्रहरी कार्यालय चापाकोट र चापाकोट नगरपालिका प्रमुख देव वहादुर खाणले नागरिकका गुनासा समाधान गर्नुभएको थियो । उक्त सार्बजानिक कार्यक्रमको सहजिकरण चापाकोट नगरपालिकाले गरेको थियो । उक्त कार्यक्रमले नागरिकले धेरै हक अधिकारका कुरा सिक्न पाएको भन्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रसंशा समेत गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय