चितवनको घुमाउने बस दुर्घटना अपडेट : १२ जना घाइते

२०८१ भाद्र ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन,९ भदौ । मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२-००१ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहान सवा ७ बजे दुर्घटना हुँदा सडकको दाहिनेतर्फ रहेको डिभाइडरमा ठोकिएर घाइते भएका १२ जनालाई थप उपचारको लागि भरतपुर ल्याइएको छ । भने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार