काठमाडौं ,९भदौ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो।
दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई सदर अस्पताल र मुश्रीघरास्थित निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा परेको बस बाराबाट तीर्थयात्री लिएर गएको खुलेको छ।