विरोध गर्न कारण चाहिँदैन, उनीहरु भत्ता पचाइरहेका छन् : प्रधानमन्त्री ओली

२०८१ भाद्र १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् ।

अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् । यत्तिकै चिन्दै नचिनेको मान्छेलाई जथाभावी अपशब्द बोल्ने, अपमान गर्ने कसैले इच्छा राख्नै नसक्ने भन्दै उनले भने, ‘इच्छा जब परनियन्त्रणमा हुन्छ, तब त्यो एकढंगले भन्ने हो भने यसका लागि एउटा बाध्यता बढ्दै जान्छ । त्यही बाध्यता बढ्दै गएर समाजमा उच्छृङ्खलता, फाटो मच्चाउने काम हुन्छ ।’

कोही के नाममा, कोही के नाममा यस्ता शक्तिहरु सल्बलाइरहेका देखेको भन्दै ओलीले भने, ‘कोही मुक्तिका नाममा कोही धर्मका नाममा, अनेक प्रकारका शक्तिहरु समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् ।’

यस्ता कुरामा ध्यान दिन ओलीले प्रहरी प्रशासनलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार