करेन्ट लागेर रूपन्देहीमा एक भारतीय नागरिकको मृत्यु

२०८१ भाद्र १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रूपन्देही, १० भदौ । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सोमबार भारत उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा लेवर काम गर्ने उनी पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार