सरकारविरुद्ध आवाज उठाउँदा ४ पक्राउ

२०८१ भाद्र १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १२ भदौ । प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको दुई दिनमा सरकारको विरुद्धमा क्रियाकलाप गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढीबाट दुई जना र काठमाडौँबाट दुई जना पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० मा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘आजभोलि विरोध र चरित्र हत्या गर्न कारण चाहिँदैन, विकृति मच्चाउने तत्त्वहरू सलबलाएका छन् ।’ काठमाडौँ प्रहरीको भवन उद्घाटन कार्यक्रममा समाज बिथोल्न खोज्नेहरूले भत्ता पचाइरहेको आरोप लगाउँदै ओलीले भनेका थिए, ‘त्यस्ता तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्छ ।’

धनगढीस्थित ‘हङ्ग्री क्याफे’ का सञ्चालक प्रतीक जोशी र रचित शाहले परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध फेसबुकमा स्ट्याटस लेखे । उनीहरुले ‘भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई मन्त्री बनाइएको’ भन्दै आलोचना गरेका हुन् । स्ट्याटस लेखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । तर, प्रहरीले उनीहरूलाई ‘गाँजाको बारेमा सोधपुछ’ गर्न नियन्त्रणमा लिएर छाडिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय