काठमाडौँ, १२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गर्नुभएकाे छ ।
बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले पक्राउ परेका युवाहरूको रिहाइको माग गर्नुभएकाे हाे ।
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ‚’ उहाँले भन्नुभयाे ।
‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उहाँले थप्नुभयाे ।