ओली नेतृत्वको सरकार नाङ्गिसक्यो : सुदन किराँती

२०८१ भाद्र १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १२ भदौ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताउनुभएकाे छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाउनुभयाे ।

 परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन‚’ उहाँले भन्नुभयाे‚ ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’

उहाँले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार