स्याङ्जामा मा.बि. बिधालय हाक्ने चार महिला प्रा.अ.

२०८१ भाद्र १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा १३ भाद्र । जिल्लाभर १ सय ६८ वटा माध्यामिक विधालय रहेका छन् । यी विधालयका जम्मा ४ वटा बिधालयमा मात्रै महिला प्रधानाध्यापक रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका सूचना अधिकारी सुरेश सुवेदीका अनुसार तीन वटा सामुदायिक र एक संस्थागत विद्यालयमा महिला प्रधानाध्यापक रहेका छन् ।

समुदायिक तर्फ भिरकोट नगरपालिका वडा नम्बर ८ ढापुक जामुने डाडामा रहेको पब्लिक एकेडेमी मा. वि. मा देबकी रेग्मी, वालिङ्ग नगरपालिका वडा नम्बर १३ बोदी भन्ज्याङ्गमा रहेको लक्ष्मी मा. वि. मा सीता गौडेल र कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा रहेको जनता मा.वि.मा यन्सिका गुरुङ्ग र संस्थागत तर्फ वालिङ्ग नगरपालिका वडा नम्बर ८  कटहर बोटमा रहेको  भू पु सैनिक आवासीय मा वि मा सोमु माया राना रहेको सूचना अधिकारी सुवेदीले जानकारी गराउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय