स्याङ्जा ,१५ भदाै । पुतलीबजार नगरपालिका- ११ करेनडाँडामा गएराती बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ। वालिङबाट पोखरातर्फ बिरामी लिएर हिँडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयाे।
उहाँका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
दमकलसहितको प्रहरी टोलीले आगो निभाएको छ। आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।