विराटनगर ,१५ भदाै। मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो ।
धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई छोरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् । उनीहरूलाई विषादी खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताउनुभयाे ।