सिमलतालमा बस र ट्रक ठोक्किए

२०८१ भाद्र १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१६ भदौ । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको मुग्लिङ प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिनुभएकाे छ । उहाँले घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार