काठमाडौं, १७ भदौ । नेताप्रति जनतामा वितृष्णा कति छ भन्ने बुझ्न हालै रिलिज भएको फिल्म ‘नमेटिने घाउ’ एउटा सूचक बन्न सक्छ । निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मको छायांकनदेखि नै नेतालाई लिएर प्रचारप्रसार तीव्र तुल्याएका थिए ।
यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका थिए । प्रचारप्रसारमा पनि नेतालाई नै अघि सारियो ।