एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा

२०८१ भाद्र २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ २२ भदौ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्वउपराष्ट्रपति परमानन्द झा एनजीओको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली उडेका छन् । भारतको समरास्ता फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भाग लिन उनीहरू दिल्ली गएको जसपा नेपाल स्रोतले जनाएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि नेपालका पूर्व उपराष्ट्रपति झा रहने बताइएको छ । भोलि हुने कार्यक्रमका लागि आजै उनीहरू दिल्ली पुगेका हुन् । आइतबार हुने कार्यक्रममा सहभागी भएर उनीहरू सोमवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

समरास्ता फाउन्डेसनले बालिकाको शिक्षा, महिला सशक्तीकरण, शिक्षा, कृषि, रोजगारलगायतको क्षेत्रमा काम गर्छ । सो संस्थाको प्रमुख मनोज कन्सल हुन् । कन्सल भारतीय जनता पार्टीका नेता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय