लोकतान्त्रिक आन्दोलन सफल पार्न जनजातिको ठूलो योगदान छ : उपसभापति गुरुङ

२०८१ भाद्र २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनसरी,२४ भदौ । नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनजातिहरुको ठूलो योगदान रहेको बताउनु भएको छ ।

सोमबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुनसरीको जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उपसभापति गुरुङले बिपिले उठान गरेको आन्दोलनमा जनजातिहरुको ठूलो योगदान रहेको बताउनु भएको हो ।

जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा आयोजित अधिवेशनलाई उद्घाटन गर्दै गुरुङले बिपिको आन्दोलनमा पहिलो सहिद कालुराम तामाङलाई कसैले भुल्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य,जिल्ला सभापति,क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय