मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२ असाेज । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो । प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय