दलहरुबीच सहमति गरेरै संविधान संशोधन गर्नुपर्छ : पद्मा अर्याल

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असाेज । नेकपा एमाले सचीव पुर्व मन्त्री पद्म कुमारी अर्यालले दलहरूबीच सहमति गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कले आफ्नो नवौँ वर्ष प्रवेशका अवसरमा “संविधान संशोधनको आवश्यकता र चुनौति” विषयक अन्तरक्रिया बाेल्दै पुर्व मन्त्री अर्यालले यस्ताे बताउनुभएकाे हाे ।

संविधान दिवसकै दिन विक्रम सम्वत् २०७३ साल असोज ३ गतेदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेटवर्कले संविधान संशोधन आवश्यकता र चुनौतिका विषयमा विभिन्न क्षेत्रका विज्ञ र नेताहरुसँग छलफल गरेको थियाे।

उक्तखकार्यक्रममा बोल्दै नेकपा एमालेकी नेतृ पद्मा अर्यालले अहिलेको अवस्थामा दलहरुबीच सहमति गरेरै संविधान संशोधन गर्नुपर्ने तर्क गर्नुभयो । हरेक क्षेत्रका नागरिकका आवाजहरुलाई समेटेर मात्रै संविधानले पूर्णता पाउने उहाँको धारणा थियो।

नेटवर्कको वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संविधान लागू गर्न र कार्यान्वयनका लागि हरेक पार्टीमा अब्बल नेता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय