काठमाडौं, ७ असोज ।प्रभु बैंक भिसा इन्टरनेशनलद्वारा आयोजित भिसा लिडरसीप कनक्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ ।
उक्त कम्पनी अन्तर्गत Excellence in Consumer Debit Card Business / Excellence in Product Innovation गरी दुई विधामा सम्मानित भएको हो । भिसा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिसा नेटवर्कमा भिसा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत कम्पनीले पहिलो अवार्ड प्राप्त गरेको थियो । यसैगरी, दोस्रो अवार्ड भने एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो व्यवसायिक सेवा विस्तारसँग सम्बन्धित् छ ।
कम्पनीले सञ्चालनमा ल्याएको प्रभु भिसा बिजनेश डेबिट कार्ड सेवा अन्तरराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको बताएको छ ।
प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्नेरगरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिसा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको कम्पनीले बताएको छ ।
भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पोरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।
भिसा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।