एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब बिजयी

२०८१ आश्विन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ असोज । राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि निर्मला उपाध्यायले ४३ औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन् ।

जितसंगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौ स्थानमा रहेको छ ।

प्रतियोगीता अन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालीका र वालिङ नगरपालीका र दोश्रो खेलमा कोशी प्रदेश र सुदुरपश्चिमबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार