नेपाल सरकारका मुख्य सचिवको सम्मान र स्याङ्जाको एकीकृत विकासको लागि छलफल

२०८१ आश्विन १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १४ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको व्यवस्थापन जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा आईतबार नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याललाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। त्यसै गरी समग्र स्याङ्जाको विकासको लागि आवश्यक खाका माथि छलफल र यस सम्बन्धी जानकारी गराउने कार्य पनि सम्पन्न भएको छ । कार्यक्रम नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा एघार पालिका अन्तर्गत समग्र स्याङ्जाको विकास निर्माण तथा हालका समस्याका बारेमा अगावै छलफल भइसकेको थियो भने जस् अन्तरगत आँधीखोला, कालीगण्डकी र शालिग्राम करिडोर,जडिबुटी तथा आयुर्वेदिक सदुपयोग, अन्धाअन्धी श्रवण कुमार धार्मिक पर्यटन पूर्वाधार आँधीखोला, मनकामना मन्दिर विरुवा, छायाक्षेत्र भिरकोट र आलमदेवी मन्दिर पर्यटकिय सम्भावनामा संरक्षण र प्रवर्द्धन, भालु पहाड पर्यटन पूर्वाधार, स्वरेक प्याराग्लाइडिङ भिरकोट क्षेत्र संरक्षण तथा प्रवर्द्धनको व्यवस्था को साथमा सुधार गर्दै लग्ने योजना राखिएको थियो । त्यसै गरी सिद्धार्थ राजमार्ग स्तरोन्नति , जिल्ला भित्र रहेका अस्पताल अन्तर्गत सय सैयाको जिल्ला अस्पताल र वालिङ्ग अस्पतालमा स्तरोन्नति, जिल्ला आयुर्वेद अस्पताल स्तरोन्नति, गल्याङ्ग ट्रमा सेन्टर, आँधीखोला आधारभूत अस्पताल फेदीखोला आधारभूत अस्पताल हेलु अस्पताललाई ट्रमा सेन्टरमा स्तरोन्नति गर्ने जस्ता विविध विषय माथि छलफल गरिएको विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा केन्द्रित गरिएको थियो। त्यसैगरी कारागार, प्रहरी चौकी स्तरोन्नति बाँदर नियन्त्रण सुन्तला सुपर जोनको स्तरवृद्धि जस्ता विषयलाई उठान गरिएको थियो।

कार्यक्रममा एघार पालिकाको तर्फबाट वालिङ्ग नगर प्रमुख कृष्ण खाणले जिल्लाको एकीकृत विकासको लागि पेश गरिएको खाका अनुसार शिक्षा स्वास्थ्य स्तरोन्नतिको लागि आवश्यक सेवा सुविधा, पर्यटकिय तवरमा एतिहासिक स्थलको संरक्षण र प्रवर्द्धनको विषयमा सुधार गरी अघि बढ्न आवश्यक रहेको जानकारी गराउनुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मुख्य सचिवको बारेमा जानकारी र स्याङ्जाले मुख्य सचिव प्राप्त गरेकोमा प्रमुख अतिथिलाई बधाइ ज्ञापन गर्नुभएको थियो।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जि टी को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकिय अधिकृत  संयोग भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख  खड्ग राज सुवेदीले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सदस्य माननीय सिता सुन्दास, जिल्लाका सुरक्षा निकायका तिनै तह नेपाल प्रहरी उपरीक्षक शालिग्राम शर्मा, नेपाली सेना तथा सशस्त्रका प्रमुख तथा प्रतिनिधि , उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, पत्रकार महासंघ लगायत विविध संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि सदस्य लगायत स्थानियको राम्रो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति, आँधीखोला पर्यटन मार्ग निर्माण आँधीखोला जलविद्युत र जिल्ला भित्रका शिक्षा स्वास्थ्य पर्यटन तथा एतिहासिक स्थलको संरक्षण तथा प्रवर्द्धन यावत् विषयमाथि उठान भएका विषयलाई आफ्नो पहल रहने र कार्यान्वयन गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

त्यसै गरी जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जिटी ले सहभागी हुनुभएका सम्पूर्ण प्रति आभार प्रकट गर्दै स्याङ्जाले मुख्य सचिव पाएकोमा उहालाई बधाइ ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार