मर्चेन्ट बैंकर एसोसिएसनको महासचिवमा गरिमा क्यापिटलका भट्टराई

२०८१ आश्विन १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१६ असोज । मर्चेन्ट बैंकहरुको छाता संगठन मर्चेन्ट बैंकर एसोसिएसनको महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई निर्वाचित हुनुभएको छ ।

दुई बर्षे कार्यकालका लागि संगठनको अध्यक्षमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी निर्वाचित हुनुभएकाे छ । सस्थाको पन्ध्रौं साधारणसभा र छैठौं अधिवेशनमा निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंगका सीइओ मनिष नारायण जोशी निर्वाचित हुनुभएकाे छ ।

सदस्यहरुमा क्रमशः सिद्दार्थ क्यापिटलका सन्दिप कार्की, कुमारी क्यापिटलका पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका लेखनाथ पोखरेल निर्वाचित हुनुभएकाे छ । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकहरुको कार्य गर्न ३० वटा मर्चेन्ट बैंंकले अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार