समर्पण युवा क्लबद्वारा भलिबल प्रतियोगिता : बसेबारी क्लब प्रथम

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा,२७ असोज । आँधीखोला ५ छापअन्तर्गत समर्पण युवा क्लबले भलिबल, सटपुटलगायतका विविध खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा भलिबलतर्फ आँधिखोला (२ अन्तर्गत बसेबारी क्लब बसेबारी प्रथम भएको छ । त्यसै गरी प्रगतिशील युवा क्लब आँधिखोला २ दोस्रो भएको छ । रङ्गुवा युवा क्लब आँधिखोला ५ रङ्गुवा तेस्रो भएको छ ।

आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेलले उद्घाटन गरेको उक्त खेल प्रतियोगिताको प्रथम पुरस्कार २५००० र मेडल, द्वितीय पुरस्कार १५००० र मेडल,
तृतीय पुरस्कार ७५०० र मेडल रहेको छ ।

सर्टफुटमा प्रथम रामकृष्ण क्षेत्री र द्वितीय किसन गुरुङ भएको आयोजकले बताएका छन् ।

कार्यक्रमको समापन मुक्तिनाथ विकास बैङ्क तथा मुक्तिनाथ कृषिका अध्यक्ष भरतराज ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा गरिमा विकास बैङ्कका सिइयो गोविन्द ढकाल र बरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार