सामाजिक सुरक्षा भत्ताको बचत रकमले विद्यार्थीहरूलाई सहयोग

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,१ कार्तिक । स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर छ बस्ने प्रेम बहादुर थापाले आफूले प्राप्त गर्दै आउनु भएको सामाजिक सुरक्षा भत्ताको बचत रु ३० हजार रकम विद्यार्थीलाई शैक्षिक सामग्री वितरणमा खर्च गर्नुभएको छ । वडा भित्रकै लुब्दी खोला प्रा. वि. को सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार दशैं र दिपावलीको शुभकामना आदान प्रदान गर्दै दान गर्नुभएको हो ।

कार्यक्रम भिरकोट नगरपालिका वडा नंवर छ का वडाध्यक्ष रामकाजी केसी (लक्ष्मण) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयाे “भिरकोट नगर भित्र अहिलेसम्म सामाजिक सुरक्षा अन्तर्गत प्राप्त गरेको रकम यसरी दान गरेको पाइएको छैन ।” उहाँले ९२ वर्षको उमेरमा पनि विद्यालयका विद्यार्थीहरुलाई जाडो समयमा सहज हुने गरी न्यानो कपडाको साथमा शैक्षिक सामग्री वितरण गरेर उदाहरणीय काम गरेकाे बताउनुभयो । त्यसै गरी उहाँको इच्छा अनुरुप विद्यार्थीको लागि न्यानो कपडा र शैक्षिक सामग्री किनमेल व्यवस्थापन गर्न सहयोग गर्नुभएका उहाँका ज्वाइँ नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल अवकास प्राप्त मिन बहादुर गोदार लाई विशेष धन्यवाद भन्दै विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सहयोगको लागि बुवालाई उच्च सम्मान गर्दै हिन्दूहरूको महान पर्व दशैं तिहार र छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो।

सामाजिक व्यक्तित्व प्रेम बहादुर थापाको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक निर्मला अर्यालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य टोल संयोजक गोविन्द प्रसाद अर्यालले गर्नुभएको थियो । त्यसै गरी लिला प्रसाद रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि मिन बहादुर गोदार, नवीन थापा रहनुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति परिवार, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु, भूपू विद्यार्थीहरू आमा समुह लगायत वडा भित्रका विविध व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम हालमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप ट्र्याक सुट र शैक्षिक सामग्री अन्तर्गत झोला, कापी र कलम बितरण गरिएको थियो । त्यसै गरी दशैंको अवसरमा परेको कार्यक्रम भएको हुँदा सहभागी बीच दशैं तथा दिपावलीको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा वक्ताहरुले दशैं तथा दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो भने बुवाले गर्नु भएको सहयोगको प्रशंसा गर्दै समाज सेवामा लाग्नुपर्छ यो राम्रो सन्देश हो भन्ने धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार