रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

२०८१ कार्तिक ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ४ कात्तिक ।  सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिनुभयाे।

गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो।

संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।

हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय