काठमाडौं ,५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त हुनुभएका छन् ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।
उहाँका अनुसार उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम सदस्यमा नियुक्त गर्नुभएकाे हाे ।