समाचार प्रभाव : देउमाया दर्जीलाइ प्रशासनले बोलायो

२०८१ कार्तिक ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा ,८ कार्तिक। श्रीमान हराएका देउमाया दर्जिलाई जिल्ला प्रशासनले बोलाएको छ । पुतलीबजार १४ लामागे घर भएका शंकर दर्जी ७ बर्ष पहिला बैदेशिक रोजगारिका क्रममा कतार पुगेपछि सम्पर्क विहिन बनेको भन्दै श्रीमती देउमाया दर्जीले हेर्ने कुरा डटकम मार्फत खोजिदिन आग्रह गर्नुभएको थियो ।

सोहि अनुसार आज (विहिबार) जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोधपुछको लागि उहालाई बोलाएको छ । दर्जी  हराएको बारे कहिकतै औपचारिक उजुरी नपरेको भन्दै सरकारले यस बारेमा औपचारिक खोजि सुरु गर्नको लागि दर्जिलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा बोलाईएको बुझिएको छ । श्रीमान हराएको बारे हेर्ने कुरा डटकमले प्रकाशित गरेको भिडियोको आधारमा जिल्ला प्रशासनले बोलाएको दर्जीले जानकारी दिनुभयो ।

घरको अभिभावक शंकर दर्जी हराए पछि भत्किएको घर समेत बनाउन नसकेर अरुको घरमा शरण लिएर बस्दै आएको बुझिएको छ । दर्जीलाई नेपाल सरकारकै प्रकृया मार्फत खोजि सुरु गर्नको लागि जिल्ला प्रशासन स्याङ्जाले प्रकृया अगाडि बढाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय