पोखरा,१२ कार्तिक । गरिमा विकास बैंकका ग्राहकलाई पोखराको सिटि जिममा बिशेष छुट दिने सम्झौता भएको छ ।
जिमको क्षेत्रमा पोखरामा एकछत्रराज गरेको पोखराको नयाँ बजारमा रहेको पोखरा सिटि जिममा गरिमा विकास बैंकका ग्राहकलाई २०% छुट दिने सम्झौता भएको छ । गरिमा विकास बैंकको तर्फबाट बगर शाखा प्रमुख दिर्घ नारायण पौडेल र सिटि जिमकाे तर्फबाट गोकर्ण कार्कीले सोमबार उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
काठमाडौको लाजिम्पाटमा मुख्य कार्यालय रहेको बैंकको देशभर १ सय २३ शाखा रहेका छन् ।