तिहारको महत्व र देउसी भैलोको स्वरुप बदलिएको अवस्था

२०८१ कार्तिक १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खडका

नेपालीहरुको महान पर्व अन्तर्गत पर्ने तिहारमा खेलिने देउसी भैलीको मौलिकतामा परिवर्तन हुँदै गएको छ । दाजुभाइ लाई दिदी बहिनीले टिका लागाएर मनाउने पर्वमा मौलिकता जोडेर गाइने देउसी भैलीको स्वरुप बदलिएर विविध चलचित्रका गीतहरु गाएर मनाउने प्रचलन बढ्दो छ।

सुरुवातको समयमा मौलिकता सँगै गीत गाएर मौलिकता अनुरुप बाजा गाजा बजाउने प्रचलन थियो भने अहिले विविध हिन्दी तथा नेपाली चलचित्रका गीत बजाएर रमाइलो गर्ने प्रचलन बढ्दो छ । यसले परम्परागत रूपमा रहेको संस्कृति लोप हुँदै जाने देखिन्छ । त्यसै गरी समाजमा विकृति विसङ्गती बढ्ने प्रवृति देखिन्छ । तिहारमा बजाइने साउण्ड सिस्टमका कारण ध्वनि प्रदुषण हुन गई वृद्ध र बिरामी लाई समस्या हुने देखिन्छ । त्यसै गरी चर्को आवाजमा आउने ध्वनीले बच्चाहरूको सुन्ने सक्तीमा समेत समस्या बनाउन सक्छ । त्यसैगरि यसरी नैं विविध प्रकारका पर्व लाई महत्व नदिएर अन्य प्रकारका गीत बजाउदै गर्दा नयाँलाई मौलिकताको बारेमा जानकारी नहुँदा मौलिकताहरु हराउँदै जाने सम्भावना देखिन्छ ।

तिहार पर्व विशेष गरेर मृत्युका देवता यमुनाले आफ्नो दाइ यमराजलाई निम्तो गरी बोलाएको र यमराजले आफ्नो काम छोडी बहिनी यमुनाको निम्तो स्वीकार गरी पाँच दिनसम्म अतिथिको रुपमा बसेको र त्यहा बस्दा यमुनाको व्यवहार बाट प्रशन्न भएर जे मन लाग्छ त्यही बर माग भने पछि बहिनीले हरेक वर्ष यही दिन मलाई भेट्न आउनु पर्ने, दाजु बहिनिको प्रेम सदा अटल रहोस दाजुभाइको आयु वृद्धि रहोस भनी मागेको र बहिनिको वरदान लाइ तथास्तु भनी शुद्ध चित्तले भातृ पूजा गर्ने गराउनेको सदा उन्नति हुनेछ भनेर बहिनीसँग बिदा भए पछि सदा कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन देखि शुक्ल पक्ष द्धितीय तिथिमा भाइ टिका लगाएर पर्व मनाइने प्रचलन रहेको पाइन्छ । फलस्वरूप यमपञ्चक भनेर तिहार को पाँच दिन मनाइएको भन्ने प्रचलन पनि रहेको छ।

त्यसैगरी अयोध्याका राजा रामचन्द्रले रावण सङ्ग विजय प्राप्त गरी राज्यारोहण गरेको खुशीयालीमा तिहार पर्व मनाउने प्रचलन सुरु गरिएको भन्ने पनि छ । मृत्युका देवता यमराजको कारण यम पञ्चक मानिएपनि र अयोध्याका राजा रामचन्द्रले राज्यारोहण गरेको खुशीयालीमा मनाए पनि नेपालीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ। यसको साथमा नेपाल जस्तो कृषि प्रधान देशमा वर्ष भरि खेतीपाती गरी दुःख गरिरहेको र खेतीपाती भित्राएर खुशी उमङ्गको यो अवसरमा रहेको हुँदा खुशीयाली स्वरुप तिहार पर्व मनाइएको भन्ने पनि रहेको छ।

तिहारको आफ्नो छुट्टै अलग बिशेसता रहेको छ । यतिबेला दाजुभाइ दिदीबहिनी विचको मानबिय सम्बन्ध मात्र नभई मानव,पशु चौपाया र चराचुरुङ्गी बीच पनि सम्बन्ध बढाएको देखिन्छ । यमराजको भक्तको रुपमा रहेको कागले सबैलाई समान रुपमा हेर्ने र सर्व भक्षी प्राणी भएको हुँदा अन्न बालीमा लागेको किरा फट्याङ्ग्रा खाइ दिएर कृषि क्षेत्रमा पनि सहयोग गरेको र संदेश प्रबाह गर्ने सक्ती भएको हुँदा यमदुतका रुपमा कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथिको दिनमा काग तिहार को रुपमा मनाउने गरिन्छ ।

काग तिहारको भोलिपल्ट नरक चतुर्दशीको दिन आज्ञापालक एबम् रक्षक प्राणी भनिकन अनुसन्धानमा सघाउ पुर्याउने घरको रेखदेख गर्ने चोरी बाट बचाउन सहयोग गर्ने दैविक तथा प्राकृतिक विपत्तीमा पूर्व सूचना दिन सक्ने भनेर कुकुरको पूजा आजा गरिन्छ ।

त्यसैगरी औंसी तिथिको दिनमा सबैभन्दा अँध्यारो रात भनेर लक्ष्मीलाई मन नपर्ने अँध्यारो समयमा घर वरपर बत्ती बालेर उज्यालो प्रकाशमय बनाएर लक्ष्मीको आह्वान गरी धनकी देवी लक्ष्मी माता लाई पुजाआजा गर्ने प्रचलन रहेको छ । यसबाट कुनै पनि अँध्यारो लाई हटाउन अन्तर्निहित चेतनाको शक्तिले प्रकाशमय बनाउनुपर्छ भन्ने सन्देश दिएको भन्ने पनि छ। त्यसै गरी चौथो दिन गोबर्द्धन पूजा गर्ने प्रचलन रहेको छ । यो दिन साल भर खेतीपाती लगाउन सहयोग गरेको भनी खेत जोत्ने लाई पूजा आजा गर्ने प्रचलन रहेको छ ।

अन्तिम तथा शुक्ल पक्ष द्धितीयको दिन दाजु भाइले दिदी बहिनीलाई टिका लगाएर मीठो मिठो परिकार बनाएर खुवाएर खुशी उमङ्गका साथ रहेर दाजुभाइले पनि बहिनी लाई आशिर्बाद र गिफ्ट दिएर पर्व मनाउने प्रचलन रहि आएको छ । त्यसै गरी यस दिन देउसीरे खेल्ने प्रचलन नाच गान गर्ने चलन हालसम्म रहिरहेको छ । तर मौलिकता लाई ध्यान नदिई कन विविध प्रकारका गीतमा नाचगान गरी मनाउने प्रचलनको सुरुवात भएको छ । यसले गर्दा मौलिकता नहराउने गरी अघि बढ्न आवश्यक रहेको देखिन्छ । हर पर्वको आफ्नो बिशेसता रहेको छ । त्यही अनुरुप मौलिक पन मौलिक विशेषता लाई अवलम्बन गराउने प्रचलन नयाँ पुस्तालाई सिकाउँदै अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको छ ।

बाइबलमा विश्वास गर्नेहरु आफ्ना छोरा छोरी तिहारको रमाइलोमा भुल्छन् भनेर उनीहरूले चर्च भित्र क्याम्प राखेर रमाइलो बनाएर मीठो मिठो खानेकुरा खुवाएर नेपाली तथा हिन्दुहरुको पर्व बाट अलग राख्ने परिपाटीको विकास गरेको देखिन्छ भने मौलिकता झल्कने गरी कार्यक्रम गर्न हिन्दू धर्मावलम्बीहरूको पनि आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय