नारायणगढ-मुग्लिङ सडकखण्डमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

२०८१ कार्तिक २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ कात्तिक ।  चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयाे।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताउनुभयाे।

दुर्घटना हुँदा सडकखण्ड पनि एकतर्फी अवरूद्ध छ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।

हायस चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय