यी हुन् आफ्नै श्रीमतीलाई बन्चरो हान्ने मनुवा

२०८१ कार्तिक २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ,२३ कार्तिक । भानु नगरपालिका ८ बस्ने ओम नारायण श्रेष्ठले आफ्नै श्रीमती प्रतीक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

आफ्नै निवासमा ४२ बर्षिया नारायणले ३९ बर्षिय श्रीमती प्रतीक्षालाई बिहिवार साझ करिब ७:१५ को समयमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्चरो प्रहार बाट घाइते भएकी प्रतीक्षालाई जिल्ला अस्पताल दमौली तनहुँले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई बन्चरो प्रहार गर्ने नारायणलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय