दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

२०८१ कार्तिक २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा २३, कार्तिक । पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा रहेकाे मनकामना मा वि का दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । मनकामना युवा क्लबको आयोजनामा शुक्रबार गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले उक्त सामग्री वितरण गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्रीले मनकामना माताले आशिर्बाद दिएको स्थान बाट राणा कालीन समयमा संघर्ष गर्दै नेपाल सरकारको मन्त्री बन्नु भएको जमान सिंह गुरुङ्गको जन्मस्थानमा आफू सहभागी हुन पाउँदा खुशी लागेको कुरा व्यक्त गर्नुभयो । उहाँले थोपा थोपा मिलेर समुन्द्र बन्ने भन्दै समाज सेवामा सबै जनाले विविध क्षेत्रमा योगदान गर्दै जादा समस्या समाधान हुनेमा जोड दिनुभयो । दशैं र तिहार जस्ता पर्वहरूमा तडकभडक नगरिकन बचत गरेकाे रकम बाट स्वर्गीय बाबा आमाको सम्झनामा समाज सेवामा खर्च गर्नाले समाजका दाता लाई पनि प्रेरणा जाग्ने उहाँकाे भनाइ थियाे । समाजमा लाइ अावाश्यक पर्दा जस्ताेसुकै पनि सहयाेग गर्न तयार हरेकाे भन्दै समाजसगं सधै हातेमालाे गर्ने तत्पर रहेकाे समेत जनाउनुभयाे ।

त्यसैगरी पुतली बजार १२ का वडा अध्यक्ष गञ्जा सिंह गुरुङ्गले मुख्य समस्या बाटो भएको बताउँदै गर्व गर्ने गरी काम गरिदिन कार्यक्रमका प्रमुख अतिथिलाई आग्रह गर्नुभयो ।त्यसैगरी कार्यक्रममा नागरिक समाजका ओम प्रकाश अर्यालले दलित तथा जेहेन्दार विद्यार्थीलाई शिक्षाको क्षेत्रमा पहुंच पुर्याउन शैक्षिक सामग्री वितरणले प्रेरणा जगाउने धारणा राख्नुभयाे ।

पुतलीबजार नगरपालिकाका नेपाली कांग्रेसका सभापति सुरजकुमार अधिकारीले जमान सिंह गुरुङ्ग, इन्द्र बहादुर गुरुङ्गको जन्म भूमि र मनकामना मन्दिरको सुन्दर आकर्षक स्थलमा पर्यटकाे प्रचुर सम्भावाना रहेकाे समेत बताउनुभयाे । यातायत, सन्चारकाे क्षेत्रलाइ सहज बनाउन सके मनाेरम दृश्यले पर्यटक तान्ने उहाँकाे जिकिर थियाे ।

मनकामना युवा क्लबका राजेन्द्र शर्माको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायण शर्माले राख्नु भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल बाबु चापागाईं, पुतलीबजार वडा नम्बर १२ का वाडा सदस्य मन बहादुर गुरुङ्ग, मनकामना मा वि का पुर्व अध्यक्ष जीवनाथ अर्याल,वडा सचिव दीपक जङ्ग केसि, स्याङ्जा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश डोटेल, पत्रकार राजन पौडेल,क्यामेरा म्यान पवन मरासिनी, वडा नंवर १२ का नेपाली कांग्रेसका पार्टी सभापति खेम बहादुर गुरुङ्ग, विद्यार्थी अभिभावक शिक्षक शिक्षिका लगायत समाजसेवी विविध व्यक्तित्व हरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूकाे नाचगानले थप मनोरञ्जन गराइएको थियो । कार्यक्रमकाे सन्चालन कृष्ण लामिछाने गर्नुभकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार