सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न हुदैन : राष्ट्रपति पौडेल

२०८१ कार्तिक २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।

गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको गणेशमान सिंह ११० औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा समग्रम मुलुकको बिकास गर्न सरकार र राजनीतिक दलहरु चुक्नु नहुने बताउनुभएको हो ।

मुलुकभित्रै भाग्य र भविष्य सुनिश्चित छ भन्ने जनताको चाहनालाई साकार पार्दै भरोषा जगाउन सक्नु अहिलेको आवश्यकता रहेको उहाले बताउनुभयो । उहाले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै उहाले अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू गर्नुपर्नेमा समेत जोड दिनुभयो । नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उहाले बताउनुभयो ।

उहाँले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय