पाल्पा,३० कार्तिक । रामपुर नगरपालिका ५ भम्बकमा एक युवक आफ्नै घरको गोवर ग्यासको सेफ्टि ट्याङ्कीमा मृत फेला परेका छन ।
शुक्रबार बिहान अन्दाजी ६:३० बजेको समयमा आफ्नै घर नजिक रहेको गोकर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो अवस्थामा फेला परेका हुन । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिकाका अन्दाजी ५४ बर्षका रामु काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
काफ्लेको शव अस्पतालमै रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी मल्लले बताउनुभयो ।