ग्राहक संरक्षणमा केन्द्रीय बैंकले बिशेष ध्यान दिए छ : गर्भनर अधिकारी

२०८१ मंसिर १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१ मंसिर । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले बिशेष ध्यान दिएको बताउनुभएको छ ।

नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम समेत बनाउन लागेको बताउनुभयो ।

उहाँले ग्राहकहरुलाई बैंकबाट हुने अनावश्यक दवावको नियमन गर्नका लागि सुक्ष्म निगरानी गरिने धारणा राख्नुभयो । गभर्नर अधिकारीले सवै बैंकले एउटै नियमनभित्र बसेर प्रतिष्पर्धात्मक सेवा प्रवाह गरुन भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरु नीजि बैंक भन्दा फरक दृष्टिकोण नवनाउने स्पष्ट पार्नुभयो । उहाँले बैंकको उदेश्य प्राप्तीका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नसक्नुपर्ने र कर्मचारीसंग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राख्नुभयो । त्यस्तै उहाँले उत्पादन क्षेत्रमा लगानी केन्द्रीत गर्न सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय