हत्या भएका नुवाकोटका तामाङको पहिचान खुलेनन,आफन्ती सम्पर्कमा आउन प्रहरीको आग्रह

२०८१ मंसिर २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ,२ मङ्सिर । तनहुँ व्यास नगरपालिका वडा न १० अभेरीभझ्याङमा हत्या भएका एकको पहिचान नखुलेपछि प्रहरीले आफन्तलाइ सम्पर्कमा आउन आग्रह गरेकाे छ ।

व्यास नगरपालिका वडा न १० मा मजदुरी काम गर्ने ३८ बर्षका विशाल भन्ने प्रेम बहादुर थापा मगरले धारिलो हतियार चक्कु प्रहार गरि नुवाकोट घर भएका ४८ बर्षका दिलिप तामाङ हत्या गरेको तनहुँ प्रहरीले जानाएकाे छ ।

हत्या भएका तामाङकाे घरपरिवार आफन्त कोहि सम्पर्कमा नआए पछि तनहुँ प्रहरीले सम्पर्कमा आउन आग्रह गरेकाे छ । तामाङको शव दमौलि अस्पतालमा राखिएको छ भने तामाङलाई कसैले चिन्नुभए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय