स्याङ्जा, ३ मङ्सिर । युएईमा सञ्चालित एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्ने इतिहास कोरेका मध्ये स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई अर्जुनचौपारी गाउँपालिकाले नगद १५÷१५ हजार दिने भएको छ ।
पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा उक्त नगद प्रदान गरिनेछ । खेलाडिहरुको प्रोत्साहन गर्नका लागी पालिकाले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
यही मंसिर ६, ७ र ८ गते आयोजना गरिएको राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा उक्त नगद पुरस्कार प्रदान गरिनेछ । स्याङ्जाका खेलाडिहरुले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडिहरुको योगदान महत्वपुर्ण रहेकाले खेल र खेलाडिको विकासको पक्षमा अर्जुनचौपारी गाउँपालिका रहेको अध्यक्ष तिवारीले बताउनुभयो ।
आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएका थिए ।