भलिबल प्रतियोगितामा गोल्डेन गाईज युवा क्लब प्रथम , अनिश परियार बने उत्कृष्ट खेलाडी

२०८१ मंसिर ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ३ मंसिर । शिव मूर्ति तमु युवा क्लब वालिङ्ग ३ राम्चेले आयोजना गरेको खुल्ला साविक वडा स्तरिय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा पुतलीबजार वडा नम्बर १२ को गोल्डेन गाईज युवा क्लब गुमार्दी प्रथम भएको छ भने अनिश परियार उत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ।

पुरुष भलिबल प्रतियोगितामा २० टीम सहभागी भएका थिए भने भेट्रान्स मा जम्मा ६ टिमको सहभागिता रहेको थियो। गोल्डेन गाईज युवा क्लबले प्रतियोगिता जित्दै चालीस हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । त्यसै गरी ल्होम्बाँस युवा क्लब लग्दा दोस्रो स्थान हात पार्न सफल भएको छ। लग्दाले तीस हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसै गरी सेमी फाइनल मा सम्झना युवा क्लब बलेऊ र जनसेवा युवा क्लब चराङ्ग रहेका छन् ।

भेट्रान्स तर्फ स्वर्णिम भेट्रान्स प्रथम भई पन्ध्र हजार र शिव मित्र भेट्रान्स दोस्रो स्थान सहित दश हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
विधा तर्फ उत्कृष्ट खेलाडी मा गोल्डेन गाइज का अनिश परियार रहनुभएको छ भने डिफेन्डर मा दिप्सन ठकुरी र वेस्ट लिफ्टर मा देबेन्द्र परियार गोल्डेन गाइज क्लब बाट नै रहनुभएको छ। त्यसै गरी उत्कृष्ट ब्लकर मा सम्झना युवा क्लब बलेउ बाट प्रसुन राना मगर र उत्कृष्ट स्पाइकर तर्फ ल्होम्बाँस युवा क्लब लग्दा बाट किसान गुरुङ्ग रहनुभएको छ।

कार्यक्रम धन बहादुर गुरुङ्गको अध्यक्षतामा रामचन्द्र गुरुङ्ग खेल संयोजक रहनुभएको थियो । प्रतियोगिता शिव जि मन्दिरको प्राङ्गण रहेको थियो भने क्लबको स्थापना २०४६ सालमा भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय