पाल्पाको सत्यवती मेलाबाट ३३ लाख भेटी संकलन

२०८१ मंसिर ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही,३ मंसिर । पाल्पाको सत्यवती तालमा लागेको पाँच दिने मेलाबाट करिब ३३ लाख भेटी संकलन भएको छ । मेलाबाट ३२ लाख ८१ हजारमध्ये ९ लाख ७६ हजार २१९ रुपैयाँ नगदी रसिदबाट दान सहयोग प्राप्त भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिले जनाएको छ ।

सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाड्ने र मध्यराति पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । मेला अवधिमै झण्डै २० लाख बराबर सुनसमेत दान गरेको भेटिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयाे ।

सत्यवती तालमा लागेको मेलामा झण्डै ३ लाखभन्दा बढी श्रद्धालुको सहभागिता थियो । गतवर्ष १८ लाख ५० हजार भेटी संकलन भएको थियो ।

मेला भर्न रुपन्देही, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, कास्की, काठमाडौंलगायत भारतका विभिन्न स्थानबाट दर्शनार्थी आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार