पुतलीबजारले यू १९ विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई सम्मान एवं पुरस्कृत गर्ने

२०८१ मंसिर ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भवानी अधिकारी

स्याङ्जा , ४ मंसिर । आइसीसी महिला यू १९ विश्वकपका लागि छनौट पुतलीबजार नगरपालिकाका ३ खेलाडीलाई पुतलीबजार नगरपालिकाले ३ खेलाडीलाई जनही ३३ हजार ३३३ रुपैया नगद सहित सम्मानित गर्ने भएको छ ।

यू १९ महिला राष्ट्रिय क्रिकेट समूहमा पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्न सफल ३ जना खेलाडीलाई पुस महिनामा हुने १६ औ नगरसभामा सम्मान गर्नेगरी निर्णय भएको हो ।

आउदो जनवरी १८ देखि फेबु्रअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने अवसर पाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई पुतलीबजारले आउदो नगरसभामा नगद सहित सम्मान गर्ने निर्णय भएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा स्याङ्जाको पनि पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्दे उपाधी जितेर जिल्ला सहित नगरको पहिचान बनाएकोमा नगरप्रमुख रेग्मीले खुशी ब्यक्त गर्नुभयो ।

कात्तिक १९ गतेबाट २९ सम्म युएईमा भएको यु–१९ विश्वकपका छनोटमा उपाधि विजेता मध्ये पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सिमाना केसी र कुसुम गोदारलाई सम्मान गरिने भएको हो ।

उपाधि जितेका महिला क्रिकेट खेलाडीको हौसला बढाउन बिभिन्न पालिका, संघसंस्था लगायतले सम्मानको आयोजनाको घोषणा एवं सम्मान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय