काठमाडौं ,९ मंसिर । युएई हुँदै कुवेत पुर्याई एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको ब्यूरोका सूचना अधिकारी भावेश रिमालले बताउनुभयाे ।
उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्याएका थिए । कुवेत पुर्याएर ९०० केडी ९३ लाख ९४ हजार ६६२० मा युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका सूचना अधिकारी रिमालले जानकारी दिनुभयाे ।
४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ । कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।
त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।