३३४ किलो यार्सागुम्बा निर्यात हुँदा नेपालमा भित्रियो साढे १२ करोड

२०८१ मंसिर ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ मंसिर ।  चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड  भित्रिएको छ ।  सो अवधिमा ३३४ किलो  यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।

यसैगरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार  रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय