कांग्रेसको सयदिने अभियान काभ्रेमा सुरु

२०८१ मंसिर १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काभ्रेपलाञ्चोक, १३ मङ्सिर । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर-आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १३५ वटै वडामा नेता कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।

पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय