काठमाडौं,१३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाउनुभएको छ ।
बिहीबार काठमाडौंको कीर्तिपुरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारीलाई जोगाउने र आफु अनुकुलको अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाउनुभएको हो । प्रचण्डले सरकारले जथाभावी काम गरे जनताले फैसला सुनाउने भन्दै जरुरी पनि आफुहरु पनि नयाँ आन्दोलनतर्फ जाने चेतावनी दिनुभयो । प्रतिपक्षीका तर्फबाट केहि मागहरु सरकारसमक्ष प्रस्तुत गरेकाले मागको सरकारले सुनुवाई नगरे प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डले अहिलेको उपनिर्वाचन भ्रष्टाचारका पक्ष र विपक्षको जनमत संग्रह जस्तै भएको बताउनुभयो । उहाले अहिलेको सरकार असंवैधानिक भएको समेत जिकिर गर्नुभयो ।
प्रचण्डले अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताउनुभयो । माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा शिवशरण महर्जनले उम्मेदवारी दिनुभएको छ ।